सिद्धार्थ बैंकले ल्यायो 'क्यास ब्याक' योजना, ५०० वा सो भन्दा बढिको कारोबार गर्दा १०० रुपैयाँ नगद फिर्ता पाउने


काठमाडौँ - सिद्धार्थ बैंकले आफ्नो भिसाकार्ड बाहक ग्राहकहरुलाई लक्ष्य गरी नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु. ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकहरुले रु. १०० नगद क्यास ब्याक पाउनुहुनेछ । त्यस्तै ती अनलाइन कारोबारहरुलाई अझ बढी सुरक्षित बनाउन, बैंकले जारी गरेका International Prepaid Card, Debit Card / Credit Card x? ‘Verified by Visa’ नामक 2 Factor Authentication प्रणालीमा प्रयोग गर्न सकिन्छ । 

यसरी अनलाइन कारोबार गर्दा, ग्राहकहरुको रजिस्टर्ड मोबाइल तथा इमेल आईडीमा OTP (वान टाइम पासवोर्ड) आउँछ र उक्तOTP भेरिफाइ भएपछि मात्र कारोबार सफल हुन्छ । International Prepaid Card प्रयोग गरी ग्राहकहरुले भारतिय मुद्रा बाहेक जुनसुकै मुद्रामा पनि अनलाइन कारोबार गर्न सक्नुहुनेछ भने Debit Card / Credit Card प्रयोग गरी नेपाली (NPR) र भारतिय (INR) मुद्राहरुमा अनलाइन कारोबार गर्न सक्नुहुनेछ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले अनलाइन किनमेल, होटल बुकिङ्ग, एयरलाइन टिकेटिङ्ग, आदि जस्ता विभिन्न कार्यहरु सजिलै र सुरक्षित ढंगले गर्न सक्नुहुनेछ । 

सिद्धार्थ बैंककोे हाल देशभर १३७ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १४७ ATM र १,२०० भन्दा बढी POS मेसिन संचालनमा रहेका छन् ।






प्रकाशित : Sunday, February 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal