×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोल्टी होटेलले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९७.०७% वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ माघ २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

सोल्टी होटेलले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ९७.०७% वृद्धि

काठमाडौं – सोल्टी होटेलले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ९७.०७ % बढोत्तरी गरि १५ करोड १६ लाख ४१ हजार ४१ रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यो होटलले ७ करोड ६९ लाख ४६ हजार ६ सय ३९ रुपैयाँ आर्जन गरेको थियो । 
कम्पनीको सञ्चालन नाफा ९६.७१% वृद्धि गरेको छ। गत वर्ष ९ करोड ८० लाख ३६ हजार १०० रुपैयाँ सञ्चालन नाफा यो त्रैमासमा बढाएर १९ करोड २८ लाख ५१ ह्जार ४५५ रुपैयाँ पुर्याएको छ । सोल्टीको सेयर पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ रहेको छ ।
यता कम्पनीको जगेडा कोषमा ९२ करोड ३५ लाख ६७ हजार ३६२ रुपैयाँ छ भने  प्रतिसेयर आम्दानी २ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ८७ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: