×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टान्डर्ड चार्टर्डले गर्यो सामान्य प्रगति, खुद नाफा ६.७९% ले वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६.७९% ले वृद्धि गरि १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब ७ करोड २५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: २.३०% र ६.७९% वृद्धि गरेको छ ।  गत वर्ष बैंकले १ अर्ब ६१ करोड ४५ हजार ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस त्रैमासमा १ अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि १ अर्ब ५३ करोड २२ लाख १ हजार रुपैयाँबाट बढाएर १ अर्ब ६३ करोड ६२ लाख ८ हजार रुपैयाँ पुर्याएको छ । 
यता बैंकको निक्षेप संकलनमा भने गिरावट आएको छ ।  गत वर्ष ६६ अर्ब ७ करोड २२ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो दोस्रो त्रैमासमा भने ६५ अर्ब ९८ करोड ४१ लाख १८ हजार रुपैयाँमा सिमित रहेको छ । गत वर्ष ४२ अर्ब ९७ करोड ६५ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले यस वर्ष बढाएर ५० अर्ब ९६ करोड ८६ करोड १४ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ३ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.२०% रहेको छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: