सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता, बैंकको सबै शाखाबाट जीबन बिमा सेवा लिन सकिने

काठमाडौँ - सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित मिति : Sunday, February 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal