×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको नयाँ शाखा कास्कीको पोखरामा, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरे उद्घाटन

काठमाडौं – सनराइज बैंकले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरेका हुन् ।
उक्त समरोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: