×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सले गर्यो प्रगति, खुद नाफा ६८.१४% ले वृद्धि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले गर्यो प्रगति, खुद नाफा ६८.१४% ले वृद्धि

काठमाडौ – सपोर्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ६८.१४% बढोत्तरी गरि ७ लाख १८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले ४ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी ३०.०३% ले बढेर १ करोड ३७ लाख २३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले १ करोड ५ लाख ५३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ६८.१०% ले बढेर ११ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ६ लाख ७१ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
संस्थाले १० करोड १९ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरि ४७ करोड ४३ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १४९.५२% ले बढाएर ४१ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ ।
संस्थाको खराब कर्जा ३.५३% रहेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसामा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ४८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: