×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफ इन्सुरेन्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ४८.९५% ले वृद्धि

काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा ४८.९५% वृद्धि गरेको छ। गत वर्ष ७ करोड २६ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यस त्रैमासमा बढाएर १० करोड ८२ लाख २७ हजार रुपैयाँ खुद नाफा पुर्याउन सफल भएको छ । 
यता कम्पनीको खुद बिमा शुल्क ३९.९४% ले बढेर ९५ करोड ३३ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा शुल्क ६८ करोड १२ लाख १६ हजार रुपैयाँ रहेको थियो । कम्पनीले कुल ११ करोड २७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने कुल १ करोड ५१ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
यो दोस्रो त्रैमासमा कम्पनीको जीवन बिमा कोष ४५.०४% ले बढेर ४ अर्ब ३० करोड २८ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीको बिमा कोषमा २ अर्ब ९६ करोड ६६ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४३ करोड १४ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । यो जगेडा कोषमा गत वर्षको तुलनामा ३०.३८% ले धेरै हो । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १२ पैसा  छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ७८ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: