×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्योदय लघुवित्तको खुद नाफा ६१.१४% वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ६१.१४% वृद्धि गरि १ करोड ६३ लाख ७९ हजार रुपैयाँ कमाएको छ ।गत वर्ष संस्थाले १ करोड १ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाले खुद ब्याज आम्दानी ५९.३२% बढोत्तरी गरि ४ करोड ८६ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष संस्थाले ३ करोड ५ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता सञ्चालन नाफा पनि ३८.८६% ले वृद्धि गरेर २ करोड २१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । 
संस्थाले यो त्रैमाससम्ममा ४८ करोड १६ लाख ३५ हजार रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब १० करोड ८ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड ६९ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेको छ ।
यता संस्थाको खराब कर्जा १.०९% मा झरेको छ भने प्रतिसेयर आम्दानी भने ३० रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ७४ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: