×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न, अनस्पट १० वटा टोयोटा बुकिङ

काठमाडौँ – मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ ।
काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रम, करिब १७० किमिको यात्रा गरी सयौं ग्राहकहरुलाई सक्रियतापुर्वक सहभागि गराई फागुन १४ गते काठमाडौमा फर्की टुंगिएको कम्पनीले जनाएको छ ।
चितवन र बुटवलका उपभोक्तालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरुमा २ दिन संंचालन भएको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरुमा अवस्थित अटो वेज प्रालिमा शोरुम इण्टर्याक्सन पनि गरिएको कम्पनीले जनाएको छ । यस रोड शो ले दुवै शहरहरुमा ८० जनाग्राहकहरुलाई शो रुम इण्टर्याक्सन गराई अनस्पट १० वटा टोयोटा बुकिङ लिन सफल भएको जनाएको छ ।
सो कार्यक्रममा न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्सुरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरुले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धी भन्दानिकै अगाडी रहेको र सोहि गतिमा बढ्ने कुरा साबित गरेको कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: