युनिलिभर नेपालको लोभलाग्दो प्रगति, खुद नाफा १०९.६०% ले वृद्धि

काठमाडौं - युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १०९.६०% ले वृद्धि गरि ३२ करोड ७ लाख रुपैयाँ कमाउन सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको उत्पादन बिक्री २१.६६% ले वृद्धि भएको छ ।  बढेर  पुगेको छ । गत वर्ष १ अर्ब २ करोड ११ लाख रुपैयाँको उत्पादन बिक्री भएको कम्पनीमा यो दोस्रो त्रैमासमा बढेर १ अर्ब २४ करोड २३ लाख रुपैयाँ  पुगेको छ  । अन्य स्रोतबाट १४ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको दोस्रो त्रैमासको प्रतिसेयर आम्दानी ३४८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : Wednesday, February 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal