×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनियन हाइड्रोपावरले पायो आइपिओ बिक्रि गर्ने अनुमति, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट !

 4

काठमाडौ – युनियन हाइड्रोपावरले ३५ लाख ३४ हजार ३४० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ३४ हजार ३४० कित्ता आइपिओ सर्बसाधारणका लागि बिक्री गर्न अनुमति दिएको छ । 
यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । आयोजना प्रभावितका लागि खुला गर्दा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडेर अब ३५ लाख ३४ हजार ३४० कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो। 
 यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: