×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनिभर्सल पावरको ९३ लाख २७ हजार ४१० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, फारम भर्न कहाँ जाने ?

आइपिओ नोटिस :
कम्पनी : युनिभर्सल पावर कम्पनी
खुला भएको मिति : शुक्रबार, माघ २५ गते
कित्ता : ९३ लाख २७ हजार ४१० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५० लाख कित्ता
विवरण : 
युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ भर्न आज(फागुन ८ गते) अन्तिम दिन रहेको छ । माग भन्दा बढी आवेदन परेपछि बुधबार बैंकिङ समयसम्म मात्र आइपीओ भर्न पाउने गरी कम्पनीले सूचना जारी गरेको छ । यसअघि सुरुको ४ दिनमा यो आइपीओमा आवश्यकता अनुसार आवेदन नपरेपछि समय बढाइएको थियो । 

कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

आवेदन दिन सकिने शाखाहरु :
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
जारी पुँजी : २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: