युनिभर्सल पावर कम्पनीको ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बुधबार बाँडफाँट हुँदै


काठमाडौं - युनिभर्सल पावर कम्पनीको आइपीओ बुधबार (फागुन १५ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको कुल  ९३ लाख २७ हजार ४१० कित्ता आइपीओमा ९२ लाख ४५ हजार ७४० कित्ताका लागि आवेदन परेको छ ।कम्पनीको उक्त आइपिओम १ लाख ७ हजार १५९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले माघ २५ गतेदेखि फागुन ८ गतेसम्म सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला थियो। यस आधारमा रितपूर्वक आवेदन दिने सबैले सेयर पाउने भएका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

कम्पनीले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । 
प्रकाशित मिति : Sunday, February 24, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal