उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर खुल्ला, फारम भर्न कहाँ जाने ?

राइट सेयर इस्युज :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला भएको मिति : आज (सोमबार, फागुन १३ गते)
अन्तिम मिति :  चैत्र १७ गते

विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर आज (सोमबार)देखि निष्कासन भएको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
 संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
 आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
प्रकाशित : Monday, February 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal