वेष्टर्न डेभलपमेन्ट बैंकले १७.४१% बोनस सेयर डिम्याट खातामै पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौं - वेष्टर्न डेभलपमेन्ट बैंकले १७.४१% बोनस सेयर सेयरधनीको खातामा पठाइदिएकोे छ । असार ३ गतेसम्म भौतिक प्रमाणपत्र अभौतिकीकरण गरेकाहरुलाई डिम्याट खातामा बोनस जम्मा गरिएको हो । अहिलेसम्म पनि सेयर प्रमाणपत्र डिम्याट नगरेकालाई तत्काल यो काम गर्न पनि कम्पनीले भनेको छ ।

यसैगरी, २०७५ असार ३ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको बोनस सेयर रोक्का रहेकाले लगानीकर्ताले कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर बोनस सेयर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । तर त्यसपछि सेयर प्रमाणपत्र धितो राखेर कर्जा लिएकाहरुको भने क्रमशः बोनस खातामै जम्मा गरिने कम्पनीले जनाएको छ । 
प्रकाशित मिति : Sunday, February 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal