×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकमा काम गर्दा तनाव बढ्यो ? वा ऋण लिनलाई समस्या भयो ? बैंकिंङ एण्ड फाइनान्सिएल सोलुसनले दिनेछ समाधान !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरु रात दिन तनावमा हुन्छन् भन्ने कुरामा कुनै शंका छैन । यसै पनि निकै महत्व्कांक्षी ‘टार्गेट’ पाएका बैंकरहरु उक्त टार्गेट पुर्याउन रात दिन खट्ने मात्र होइन टार्गेट नपुग्लाकि भन्ने समस्यामा छन् । यस्तै बैंकरलाई टार्गेट पुर्याउन जति समस्या छ त्यो भन्दा बढी समस्या ऋणीहरुलाई ऋण लिनका लागि छ । बैंकले ऋण लिन आउनुहोस् त भनेका छन्, तर कसरी कहाँ लिने, के गर्ने भन्नेजस्ता समस्यामा समय र शक्ति खर्च गरिरहेका छन् । यदी तपाईं पनि यी दुइ समस्यामध्ये कुनै भोगिरहनुभएको छ भने तपाईंका लागि खुसीको खबर छ । बैंकिंङ एण्ड फाइनान्सिएल सोलुसनले यस्तै समस्याको समाधान गर्ने उदेश्यसहित आफ्ना सेवाहरु ल्याएको छ । 

के हो बैंकिंङ एण्ड फाइनान्सिएल सोलुसन ?
कोटेश्वरमा कार्यालय रहेको यो कम्पनी बैंकर र ऋणीको मध्यस्तता गर्ने कम्पनी हो । ‘ बैकिंङ क्षेत्रमा बढ्दो तिव्र प्रतिस्पर्दा र नाफामुखीकरणले गर्दा संचालक समितिले उच्च व्यवस्थापनलाई नाफा बढाउनको निमित्त दवाव दिइने र सो दवाव उच्च व्यवस्थापनले सम्पर्क अधिकृत र शाखामा कार्यरत अन्य कर्मचारीको टाउकोमा थुपार्ने कार्य गरेको देखेर हामीले यो कम्पनीको अवधारणा ल्याएका हौँ ।’ कम्पनीका अध्यक्ष मनोज पौड्याल भन्छन्, ‘बैंकरका लक्ष पूर्ति गर्नका निमित्त कर्मचारीहरु कार्यलयलाई नै सम्पूर्ण समय खर्चिनु पर्ने, परिवार र आफन्तलाई समय दिन नसकिने, बैकिंग क्षेत्र प्रति नै बितृष्णा उत्पन्न हुने समस्यालाई न्यूनीकरण गर्न हामीले त्यसको समाधानको निमित्त बैकिंग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि. खोलेका छौं ।’
बैंकिंङ एण्ड फाइनान्सिएल सोलुसनले के गर्छ ?
मुलतः ऋण लिनको लागि ऋणीहरुलाई आवश्यक पर्ने परामर्श, आवश्यक कागजात, प्रकृया, ऋण सम्झौता, ऋणको किस्ता, व्याजदर जस्ता बिषयमा सम्पूर्ण जानकारी लिन सकिने कोटेश्वर चोक, काठमाण्डौंमा मुख्य कार्यलय रहेको बैकिंग एण्ड फाइनान्सियल सोलुसन प्रा.लि.बाट ग्राहकले बिना झन्झटिलो र सरल तरिकाबाट आफुलाई उपयुक्त बैंक (संस्था) पहिचान गर्न सकिने अध्यक्ष पौड्यालको भनाइ छ । पी.एच.डी. स्कोलर समेत रहेका पौड्याल लामो समय बैकिंङ क्षेत्रमा सम्पर्क प्रबन्धक हुदै शाखा प्रबन्धकको रुपमा अनुभव बटुलेका व्यक्ति हुन् । ‘आजको दिनमा अधिकाशं बैकिंग क्षेत्रमा कार्यरत कर्मचारीहरु आफ्नो समय व्यवस्थापन गर्न नसकेर, व्यवस्थापन द्वारा दिइएको लक्ष हासिल गर्न असमर्थ भएर बढुवाको लागि समेत आफु अयोग्य महशुस गर्ने अतस् बैकिंग जागिरबाट हात धुने वा जागिरको प्रकृति परिवर्तन गर्ने सोचमा रहने गरेका छन् । हामी यस्ता सस्म्याको समाधान दिन्छौं ।’ उनले अर्थ सरोकार डटकमसँग भने ।

बैंकर र ऋणीबीच पुल बन्दा दुवै पक्षलाई फाइदा !
कम्पनीका अध्यक्ष पौड्यालका अनुसार बैकिंङ क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लक्ष हासिल गर्नका निमित्त मार्केटिङ्गको नाममा कठोर मेहनत गर्नु पर्ने, बिदाको दिनमा समेत ग्राहकको ढोका ढोका धाउनु पर्ने र अस्वस्थ प्रतिस्पर्धाका कारण अनुचित ग्राहकमा समेत लगानी हुने वातावरण बन्ने खतरा सधैं हुन्छ । तिनै समस्याहरुको समाधानको निमित्त कर्मचारीहरुले यस संस्थासंग सम्पर्क राखेर आफुलाई पायक पर्ने ग्राहकको फाईल लिई कर्जा प्रकृया अगाडी बढाउन सकिने र फलस्वरुप आफुमा थुपारिएका तनाव केहि हद सम्म भएपनि कम हुने उनको बुझाइ छ । साथै यस संस्थाले ग्राहकको हकमा पहिलो चरणको ‘स्क्रिनिङ’ गरिसकेको हुने भएकोले कर्मचारीहरुले ढुक्क साथ फाईल अगाडी बढाउन सकिने उनको दावी छ ।

अन्य जानकारीका लागि आफ्नो फोन नम्बर ९८५१०३६४९९ मा सम्पर्क गर्न सकिने कम्पनीका अध्यक्ष पौड्यालको भनाइ छ । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: