×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘नेपाल सीईओ सम्मेलन तथा अवार्ड–२०१९’ आगामी अप्रिलमा, मनोनयनका लागि आवेदन खुला, जुरी समूह गठन !

  • अर्थ सरोकार सम्बाददाता 
‘नेपाल नेपाल सीईओ सम्मेलन तथा अवार्ड’ को दोश्रो संस्करण नेपाल सीईओ सम्मेलन तथा अवार्ड २०१९’ आगामी अप्रिलमा हुने भएको छ । बिजनेश प्लस टेलिभिजनको आयोजनामा हुन लागेको उक्त अवार्डको भव्य तयारी भइरहेको आयोजकको भनाइ छ । विभिन्न आर्थिक तथा वित्तीय संस्थाहरूमा सीइओ भएर काम गरिरहेकाहरुमध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिने उक्त कार्यक्रम आउँदो अप्रिल महीनामा काठमाडौंमा हुने पक्का पक्की भएको छ । 
यता उक्त अवार्ड कार्यक्रमका लागि फेब्रुअरी २८ सम्म आवेदन खुला गरिएको कार्यक्रम संयोजक लता कंडेलले अर्थ सरोकारलाई बताईन् । ‘कार्यक्रमको तयारी भव्य रुपमा गरिरहेका छौँ । नोमिनेसनका लागि आवेदन पनि खुला गरिसकेका छौं । फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ । विजेताको नाम छनोट गर्न प्राडा विजय केसीको अध्यक्षतामा ७ सदस्यीय जुरीसमेत गठन गरिएको छ ।’ उनले भनिन् । 
प्रतिष्ठित व्यवस्थापक विज्ञहरूले राष्ट्र र मानव जातिका लागि गरिएको योगदान तथा उनीहरूले प्राप्त गरेको उपलब्धिको सम्मानस्वरूप उक्त सम्मेलनको आयोजना हुन लागेको कार्यक्रम संयोजक कँडेलको भनाइ छ । उक्त सम्मेलनबाट नेपालका आर्थिक तथा वित्तीय क्षेत्रमा क्रियाशील ८ ओटा विधामा पुरस्कार प्रदान गरिनेछ ।
उक्त समिटमा अवार्डका लागि नोमिनेसन दर्ता गर्न समिटको आधिकारिक वेवसाइट https://nepalceosummit.com/ मा लग अन गर्न सकिनेछ । उक्त समिट एण्ड अवार्ड कार्यक्रममा अर्थ सरोकार डटकम कर्पोरेट मिडिया पार्टनरका रुपमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: