×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रविन्द्र अधिकारीको घरमा रुवावासी : केहि आफन्तहरु पोखराबाट काठमाडौँ आउंदै !

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको निधन भएको छ । घटनास्थलमा स्थानीयबासी र प्रहरीको टोली पुगेको छ । स्थानीयका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै सुजन भट्टराइले भने, ‘सबै जलिसक्यो, बाँकी केहि छैन.’
रविन्द्र अधिकारीको घरमा रुवावासी सुरु भएको छ । केहि आफन्तहरु पोखराबाट काठमाडौँ आउंदैछन् । उनको घरमा स्थानीय र कार्यकर्ताहरुको ठूलो भीड लागेको छ । 

अपरान्ह १२ बजेतिर हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयको भनाइ छ । पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवारटानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवारसबैको निधन भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले मृत्युको पुष्टी गरिसकेको छ।
घटनापछी सिंहदरबारमा आकस्मिक बैठक बोलाइएको छ । सुरक्षा प्रमुखहरुको पनि बैठक बोलाइएको छ ।गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए । स्थानीयका अनुसार हेलिकोप्टर टुक्रा टुक्रा भएको छ । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताएका छन् । 
जनकल्याण आधारभूत स्कुलका प्रधानाध्यापक महेश निरौलाले हेलिकोप्टर दुर्घटना भएको आफैंले देखेको बताएका छन् । उनका अनुसार अहिले पनि दुर्घटना भएको ठाउँमा धुँवाको मुस्लो देखिएको छ । सन् १९७९ मे ५ मा जन्मिएका अधिकारीको फेब्रुअरी २७, २०१९ मा निधन भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: