×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरामा नक्कली नोटको आतंक मच्चाउने श्रीमान् श्रीमती पक्राउ, मेशिनसमेत प्रहरी नियन्त्रणमा !

 पोखरा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समय यता पोखरामा नक्कली नोटको आतंक मच्चाउने श्रीमान-श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ  । पोखरा महानगरपालिका – १६ अर्मलाका विभिन्न  पसलहरुमा नक्कली नोट दिई रिचार्ज काडै लिई फरार भएका ३२ वर्षीय नरेश लामा र उनकि २५ वर्षीया श्रीमती सरस्वती बलामीलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै केहि नोट केहि समय अगाडी पोखराको लुम्बिनी बिकास बैंकमा भेटिएको खबर बाहिरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मकवानपुर हेटौडा घर भई हाल पोखरा – ५ प्रस्याङ स्थित धारामार्गमा डेरा गरी बस्ने लामा र बलामीले चढेको ग १४ प ३५४ नम्बर को डुक मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट १९ थान १ हजारको नोट, १ थान नक्कली नोट बनाउन प्रयोग गरिने कलर प्रिन्टर ,९० हजार रुपैयाँ बराबरको एनटिसी र एनसिएलको रिचार्जकार्ड ,एउटा ल्यापटप, २ वटा मोबाइल, र दुई थान पाँच सयको भारतिय नोट बरामद भएको प्रदेश प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । 
थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । केहि समय यता पोखरामा नक्कली नोट आतंकनै मच्चिएको छ । 
कसरी चिन्ने त नक्कली नोट ? हेर्नुहोस् यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: