×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा ‘राँगो’ आतंक : अति भएपछि प्रहरीले गोली चलायो, मर्निङ वाकमा हिँडेका मानबीर महर्जनको मृत्यु !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- शुक्रबार बम आतंक मच्चिएको काठमाडौँमा राँगो आतंक मच्चिएको छ । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँमा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ भने अति भएपछि आक्रमण गर्ने राँगोलाई प्रहरीले लखेटेर दहचोक पुर्‍याएपछि गोली हानेर मारेको छ ।
राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । उनलाई अस्पताल पुर्याएपनि अस्पतालले उनलाई मृत घोषित गरेको छ । उक्त राँगो कसको हो भन्ने थाहा छैन ।  
थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरीले बताएको छ ।यसअघि बुद्धनगरस्थित ह्याम्स अस्पतालभित्र छिरेको भैंसीलाई पनि प्रहरीले गोली हानेर मारेको थियो । यसैगरी वधशालाबाट भागेको एउटा राँगोले शहीद गेट वरपर बितन्डा मचाएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: