×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीको भेटमा गभर्नरले चुईगम चपाउँदा उद्योगीहरुको कानेखुसी, ‘यो त असभ्य स्टाइल भएन र ?’ (भिडियो रिपोर्ट)

काठमाडौँ- शनिबारको दिन उद्योगी, अर्थमन्त्री,  केहि अन्य मन्त्री र उद्योगीबीच भेटघाट कार्यक्रम थियो । कार्यक्रममा अर्थमन्त्री, प्रधानमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष उद्योगीहरुले बैंकको ब्याज घटाईदिन आग्रह गरे । प्रधानमन्त्रीले पनि आवश्यक निर्देशन दिए । तर कार्यक्रमपछि भने उद्योगीहरुले गभर्नरको चुइगम चपाएको कुरालाई ‘इस्यू’ बनाए ।

यसो त कार्यक्रममा गभर्नर निरन्तर चुइगम चपाईरहेका थिए । केहि उद्योगीहरुलाई यस्तो काम असभ्य लागेछ । र त एक उद्योगीले भेटघाट सकिएपछी अर्का एक उद्योगीसँग कुरा गरिहाले, ‘गभर्नरको डिसिप्लिन त अचम्मको रहेछ । यस्तो महत्वपूर्ण भेटघाटमा चुइगम चपाएर बस्ने ।’

उनको तर्क थियो देशका अन्य मन्त्रीहरु, अर्थ मन्त्री, अझ प्रधानमन्त्री भएको कार्यक्रममा यसरी चुइगम चपाउनु, खुट्टा चढाएर बस्नु वा अस्वाभाविक रुपमा निरन्तर मुख बंग्याउनुलाई अन्तराष्ट्रिय रुपमै असभ्य मानिन्छ ।

हेरौं यो भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: