×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सचिवकै अगाडी व्यवसायीको तर्क, ‘होटलमा गोष्टि गरेर किसानका समस्या समाधान हुँदैन’ (भिडियो)

  • रेखा चन्द / अर्थ सरोकार डटकम
सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न सरकारले रणनीति तय गरी भारतसँग आवश्यक छलफल गर्ने तयारी गरिरहेको जानकारी दिएका छन् । 
मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत व्यापार सन्धिः चुनौति र अवसरहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीचको व्यापारलाई सहज बनाउन भन्सार नाकाहरुमा सबै खालको सुविधा उपलब्ध गराउने प्रयास भईरहेको पनि स्पष्ट पारेका छन् । सचिव अधिकारीले दुई मुलुकबीचको व्यापारमा देखिएको समस्या समाधानका लागि आवश्यक सुझाव दिन विज्ञहरुलाई पनि गरे । सरकारले भारतसँगको व्यापार घाटा कम गर्न आवश्यक रणनीति बनाउने तयारी गरिरहेको पनि सचिव अधिकारीको भनाई छ ।
तर यता कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले होटलमा गोष्टि गरेर किसानका समस्या समाधान नहुने भन्दै कडा तर्क प्रस्तुत गरेका छन् ।  उनले भारतीय बस्तु नेपालमा सहज ढंगले आउने तर नेपाली बस्तु भारतमा जान नसक्ने अवस्थाको अन्त्य नभएसम्म भारतसँगको व्यापार घाटा कम गर्न नसकिने पनि पारेका छन् ।
यता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार नाकाहरुमा सबै खालको सुविधाको व्यवस्था नगरेसम्म नेपालको व्यापार घाटा कम हुन नसक्ने स्पष्ट पारेका छन् । महासंघले गुणस्तर चेकजाँचका लागि आवश्यक प्रविधिको व्यवस्था सबै भन्सार नाकाहरुमा गर्न पनि सरकारसँग आग्रह गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: