×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किस्ताबन्दीमा बाइक किन्दै हुनुहुन्छ ? होसियार ! तपाईं पनि यसरी फस्नुहोला नि ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रवीण कुमार यादव । चितवनमा व्यवसाय गरेर बसेका छन् । केहि समय अगाडी उनले व्यावसायिक प्रयोजनका नाममा माणिमा रहेको एसके मोटर्सबाट होन्डाको मोटरसाइकल किने । बाइक किन्दा उनले ८० हजार रुपैयाँको चेक दिए । चेक साटियो पनि । तर केहि समयपछि उनी जव एसके मोटर्समा आफ्नो बाइक सर्भिसिङका लागि गए, उनलाई स्याकारको आदेश भन्दै बाइक फिर्ता दिइएन । उनी समस्यामा परे । जिनतिन आफुसँग भएको केहि रकम दिए र बाइक लगे ।
पटक पटक उनले पैसा तिरे तर आफ्नो ‘डकुमेन्ट’ पाएनन् । आफ्नो बाइक कुन फाइनान्समा फाइनान्सीङ गरिएको त्यो पनि पत्तो नपाएपछी उनले किस्ता नै रोकिदिए । पटक-पटक पैसा तिरिएको छ । तर यसको नियम अनुसारको हिसावकिताव छैन । बाइक कहाँ फाइनान्स गरिएको हो भन्ने पत्तो छैन । किस्ताबन्दीको स्टेटमेन्ट छैन, सब खेस्रा हिसाबका भरमा चलेको छ व्यवसाय । अझ त्यसमा व्याज नै उल्लेख गरेर ग्राहकबाट एउटा बाइकको डिलरले रकम उठाईरहेको उनको दुखेसो छ । 
कसले कति रुपैयाँ लग्यो वा कसले आफ्नो खातामा पैसा घटायो, त्यो त्यति महत्वपूर्ण कुरा नहोला जति बाइक फाइनान्सीङ गरिएको भनिएको छ र कुनै बैंक तथा वित्तीय संस्थामा त्यसको कारोबार छैन भन्ने कुरा महत्वपूर्ण छ । प्रविन भनिरहेका छन्, होन्डाको नाम सुनेर गइयो, र म यसरी फसें, होन्डाको नाम पनि बदनाम भएको छ । मलाइ कुनै फ़ाइनान्सको ऋणी देखाइएको छैन तर ब्याज बुझाउनु परेको छ । प्रविण भन्छन् म ठगिएको छु, पैसा गयो, कतै फाइनान्सीङ पनि भएको छैन, कसरी तिरौं पैसा, कहाँ तिरौं, के भनेर तिरौं । 
यता एसके मोटर्सका प्रतिनिधि भने गाउँघरमा आपसी सहमतिमा यस्तो कारोबार हुने बताउंछन् । ब्याज भनेर कुनै व्यक्ति वा इजाजत नपाएका संस्थाहरुले रकम असुल गर्न पाईदैन भन्ने हेक्का उनलाई पनि छैन । उनी उल्टै प्रश्न गरिरहेका छन्, अरुले कसरी गरिरहेका छन् त ?
बाइक लिएपछी आफ्नो बाइक कहाँ फाइनान्सीङ भएको छ भन्ने नबुझ्नु, पैसा तिर्नु तर रिसिप्ट नलिनु वा नदिनु कुनै पक्षको गल्ती होला, तर त्यो भन्दा ठुलो कुरा त कुनै बाइक बेच्ने कम्पनीले कसरी फाइनान्सकोजस्तो गरेर सेवा दिइरहेको छ भन्ने कुरा महत्वपूर्ण छ ।
यता होन्डाको विक्रेता स्याकार ट्रेडिङले भने आफ्नै स्याकार फाइनान्स नामको फाइनान्स कम्पनीबाट बाइक फाइनान्सीङको सुविधा दिने गरेको बताएको छ । यसरी सरसर्ती हेर्दा एसके मोटर्सले कानुन विपरित काम गरेको देखिन्छ । किनकि नेपालको प्रचलित नियम अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर कुनै पनि कम्पनीले ब्याजसँग सम्बन्धित कारोबार गर्न पाउँदैन ।
हेरौँ यो भिडियो रिपोर्ट :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: