×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हुन्डाईको बिजुलीबाट चल्ने ‘कोना इलेक्ट्रोनिक’ गाडी नेपाली बजारमा, मूल्य ५१ लाख ९६ हजार ! (भिडियो)

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रा.लिले नयाँ इलेक्ट्रिक गाडी ‘कोना इभ’ लन्च गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच हुन्डाईको ‘कोना इभ’ नामक नयाँ ईलेक्ट्रिक गाडी ‘लन्च’ गरिएको हो ।

वातावरण मैत्री सवारी साधन उत्पादनमा जोड दिने नीति अन्तरगत नयाँ मोडलको हुन्डाई गाडी कोना ईभ भित्रयाइएको कम्पनीका सेल्स म्यानेजर दिवाकर रेग्मीले जानकारी दिए ।

४ फरक–फरक कलरमा रहेको सो गाडीको ३ वर्ष वारेन्टी तोकिएको छ भने ब्याट्रीको वारेन्टी १२ वर्ष रहेको विक्रेताको भनाइ छ । ५१ लाख ९६ हजार मूल्य रहेको सो गाडी हालसम्मकै सबैभन्दा अत्याधुनिक प्रविधिको गाडी भएको दावी पनि गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: