×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फाल्गुन ३ गतेदेखि ‘कर्णाली वृहत प्रदर्शनी’ हुँदै, मुख्य उद्धेश्य काठमाडौँलाई ‘कर्णाली चिनाउने’ (भिडियो रिपोर्ट)


  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
आगामी फागुन ३, ४ र ५ गते काठमाडौंको भृकुटी मण्डपमा ‘कर्णाली वृहत प्रर्दशनी’ हुने भएको छ । मुलुकलाई समृद्ध बनाउने सम्भावनाहरुको खानी रहेका कर्णालीको समग्र पक्षबारे सिंगो देशलाई जानकारी गराउने उद्देश्यका साथ सो प्रर्दशनी काठमाडौंमा गर्न लागिएको हो । कर्णाली प्रदेशका सम्भावनाका खानीहरुबारे सिंगो मुलुकलाई जानकारी गराउने उद्देश्यका साथ सो प्रर्दशनी काठमाडौंमा आयोजना गर्ने निर्णय लिइएको प्रर्दशनी आयोजक समितिका संयोजक उपेन्द्र शाहीले जानकारी दिएका छन् ।
‘हाम्रा गौरवको पानाहरु र सम्भावनाका खानीहरुको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो प्रर्दशनीमा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रर्दशनीमा कर्णाली प्रदेशको पर्यटन, कृषि, जडिबुटी तथा जल विद्युत क्षेत्रको सम्भावना र त्यसका लागि आवश्यक लगानीका विषयमा पनि विस्तृत जानकारी लिने व्यवस्था गरिनेछ । ‘भिजिट नेपाल–२०२०’ लाई सफल बनाउन पनि सो प्रर्दशनी उपयोगी हुने अपेक्षा गरिएको छ ।’ उनले भने ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: