×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘को बन्छ करोडपति’ले गरेन प्रायोजकलाई न्याय, ‘क्यामेराको एंगल’ नमिल्दा सिभिल बैंक नै पर्यो ओझेलमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

‘को बन्छ करोडपति’ले गरेन प्रायोजकलाई न्याय, ‘क्यामेराको एंगल’ नमिल्दा सिभिल बैंक नै पर्यो ओझेलमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपति’मा महँगो प्रायोजन शुल्क तिरेर आफ्नो उपस्थिति देखाएको सिभिल बैंकलाई कार्यक्रमको प्राविधिक पाटोले भने साथ नदिएको पाइएको छ । सिभिल बैंकले प्रायोजन गरेको कार्यक्रमको सुरुमा ‘समृद्धिको सगुन’ प्रदान गर्दा होस् वा चेक हस्तान्तरण गर्दा, सिभिल बैंकको दमदार ‘भिजुअलाइजेसन’ नहुँदा बैंकलाई कार्यक्रमले न्याय दिन नसकेको पाइएको हो ।
भारतको कुन बनेका करोडपति हेर्ने हो भने चेकमा हस्ताक्षर गर्दा सम्बन्धित बैंकको चेक हो भनी स्पष्ट देखिन्छ । तर को बन्छ करोडपतिमा भने त्यस्तो भएन । हस्ताक्षर गर्दा चेकको ‘क्लोज सट’ नै नलिइएपछि सिभिल बैंक छायाँमा पर्यो । अर्कोतर्फ जितेको चेक हस्तान्तरण गर्दा चेकको ‘क्लोज सट’ लिन खोजिएपनि बैंकको नाम देखिएन । न त उक्त बेला सिभिलको लोगो स्क्रिनमा नै देखाइयो । यसले सिभिल बैंकले पाउनुपर्ने जति माइलेज नपाएको स्पष्ट देखिन्छ । सिभिलको समृद्धिको सगुन प्रदान गर्दा पनि क्लोज सटमा सिभिल बैंक बुझिने गरी आएको छैन । यसले पनि प्रायोजक बैंकलाई कार्यक्रमले न्याय नगरेको देखिन्छ ।
कार्यक्रम प्रायोजन गरेको सिभिललाई अर्को कुराले पनि साथ दिएन । पहिलो प्रतियोगी नै बैंकर भएपछी कार्यक्रममा सिभिल बैंकभन्दा बढी प्राइम कमर्सियल बैंक हावी भयो । यसो त कार्यक्रममा अन्य प्राविधिक कमजोरी पनि धेरै देखिए । आक्रामक र सुन्दर तरिकाले सुरुवात भएको कार्यक्रम बीचसम्मा पुग्दा खल्लो भयो ।राजेश हमालले नेपाली रुपैयाँ भन्नसमेत राम्रोसंग नजानेर उनको बोलीचालीको भाषामा ‘रुप्पे’ भानीरहेका थिए । 
डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको ‘हु वान्ट्स टु बि अ मिलिनियर ‘ प्रशारणमा ल्याउने नेपाल १ सय ६१ औ देश हो । वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको ‘हु वान्ट्स टु बि अ मिलिनियर ‘ कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुने गर्दछ । नायक अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपति नेपालमा पनि त्यतिनै हेरिने कार्यक्रममा पर्छ जति भारतमा हेरिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: