×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘दुवै मृगौला फेल भए, छोरोलाई पढाउन भएपनि म बाँच्नु छ, ५-१० रुपैयाँ जति सकेको सहयोग गरिदिनुहोस्’ (भिडियो)

सरला राउत / अर्थ सरोकार डटकम
लोकनाथ श्रेष्ठका दुवै मृगौला फेल भएका छन् । सुरुमा भएको जग्गा-जमिन बेचेर उपचार गरे, अहिले त त्यो पनि सकियो । छोरो सानै छ, घरमा कमाउने कोहि भएनन् । भएको ज्यान पनि बिरामी भयो । अव सहयोग माग्नुको विकल्प छैन उनीसँग । सहयोगको अपिल गरिदिन सहयोग गरिदिन अर्थ सरोकार डटकमको  कार्यालयमा आएका उनी भन्दै थिए, ‘मलाई ५-१०-५०-१०० जति सहयोग गरिदिए पनि हुन्छ । आर्थिक सहयोग गर्न नसके मेरा कुराहरुलाई फेसबुकमा सेयर गरिदिएमात्र पनि हुन्छ ।’   
मृगौला फेल भएपछी उनको दैनिकी झन् माथि झन् कष्टकर बन्दै गएको छ । पैसाको अभावले मरिने हो कि भन्ने चिन्ताले रात दिन उनलाई पछ्याईरहेको छ । उपचारको त परको कुरा अस्पताल जाने भाडा पनि छैन उनीसँग । त्यसैले उनी आफुलाई सहयोग गर्न अपिल गरिरहेका छन् ।
उनलाई सहयोग गर्न चाहानेले उनको फोन नम्बर ९८०७९५२६७७ मा सम्पर्क गर्न सक्नुहुनेछ भने ग्लोबल आइएमइ बैंकमा उनको नाममा रहेको खाता नम्बर  ७७०७०१०००५४८१ मा सम्पर्क गर्न सक्नुहुनेछ । उनको अपिलको भिडियो हेर्नुहोस् :        

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: