×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकमार्फत खुलेआम ‘ठगीधन्दा’ : चिट्ठा पर्यो भन्दै रकम असुली, नेपाली सेनाका जवानसमेत मुछिए ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा- ‘तपाईंलाई २५ लाख डलरको चिट्ठा परेको छ । एयरपोर्टसम्म पार्सल र अन्य सामान आइपुगेको छ । बधाई छ ।’ केहि दिनअघि पोखरा पोखरा–१९ पुरुन्चौरका अर्जुन आर्चायलाई फेसबुकमा मेसेज आयो । केहि समयपछी सोहि विवरणसहितको फोन पनि आयो । पत्याउने केहि आधार भेटेपछि उनी के रहेछ कुरा भनेर विस्तृतमा बुझ्न थाले । 
सोहि अनुसार पेपिस डीइमिको नामकी विदेशी महिलाले फेसबुकमा पठाएको मेसेजको रिप्लाई गर्न थाले । महिलाको कुरा कसरी पत्ताउने भन्ने सोचिरहँदा फेसबुक मेसेन्जरमा कुरियरबाट रकम आएको भन्दै फोटो नै पठाइयो । उक्त २५ लाख डलर अर्थात झन्डै २५ करोडभन्दा बढी रकम आएको खबर पाएपछि उनलाई कुरिएर प्राप्त गर्न रकम पठाउनु पर्ने भन्दै मेसेज आयो । 

‘नेपालबाट कसरी विदेशमा पैसा पठाउने ?’ यति सोचीरहेका बेला ती बिदेशी महिलाले उन्नतकुमार चौधरीको नामको माछापुच्छ्रे बैंकको अकाउण्ट नम्बर पठाए । त्यही बैंक खातामा उनकै सल्लाहमा उनका भतिजले १ लाख ५६ हजार ८ सय रुपैयाँ हालिदिए । तर रकम हालेपछि तोकिएको दिनमा कुरियर आईनपुगेपछि उनले थप खोजी गरे । पछी थाहा भयो उनी ठगीमा परिसकेका रहेछन् । त्यसपछि उनी माछापुछ्रे बैंकमा गएर आफ्नो विवरण सुनाए । बैंकका कर्मचारीले उक्त बैंक खाता उन्नतकुमार चौधरीको भएको विवरण दिए । त्यसपछि बैंकले दिएको जानकारी अनुसार उनले उन्नत कुमार चौधरीविरुद्ध प्रहरीमा उजुरी दिए । प्रहरीले अनुसन्धान थाल्यो । यसरी खातामा पैसा पठाइएको खातावाल गोरखनाथ गण कैलालीमा कार्यरत आर्मी भएको खुल्यो ।
आफ्नो ठगीको पर्दाफास भएपछी उनले पैसा फिर्ता गरे । नेपाली सेनाका चौधरीले आफ्नो बैक अकाउण्ट दाईले प्रयोग गरेको र बैंक खाता र एटिएम पनि दाईले चलाउने गरेको र दाइ भारतमा कारोबार गर्ने गरेको बताए । प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
यता बैंकमा भने यो विषयलाई लिएर दुइधार देखिएको छ । बैंकका केहि कर्मचारीहरुले बैंकलाई यस विषयमा थाहा नै नहुने बताउँछन् भने केहि कर्मचारीहरु भने बैंकका व्यवस्थापकहरुले यस्तो कामलाई सहज बनाइदिएवापत कमिसन लिने गरेको आरोप लगाउंदै आएका छन् । ‘बैंकमा उही खाताबाट पटक पटक यस्तो काम हुँदा बैंकका कर्मचारीहरुलाई थाहा नहुने कुरै भएन । शाखा प्रबन्धकको मिलेमतो हुन्छ भनेर धेरै साथीहरुले आरोप लगाउनुहुन्छ । थप जानकारी अव प्रहरीको अनुसन्धानपछि आउला ।’ बैंककि एक कर्मचारीले अर्थ सरोकारसँग भनिन् । यसअघि प्रहरीले यसरी पैसा असुल्ने केहीलाई पक्राउ गरिसकेको छ । 

माछापुच्छ्रे बैंकमा निरन्तर ठगीको सृंखला !
यसो त माछापुच्छ्रे बैंकबाट भएको ठगी यो पहिलो भने होइन । यसअघि पनि माछापुछ्रे बैंकको पोखरा न्यूरोड साखामा भएको ठगी बाहिर आएको थियो । काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं ११ बस्ने बर्ष ३७ कि बिना गुरुङको फेसबुक आइडीबाट आफन्तलाइ फोन गरी माछापुछ्रे बैंकमार्फत पैसा मगाई ठगी गरेको आरोपमा प्रहरीले निजलाई पक्राउ गरेको थियो । यसपाली पनि पोखरामै ठगीको घटना घटेको छ । यसले माछापुच्छ्रे बैंकको पोखराका शाखाहरुबाट निरन्त ठगीधन्दा भइरहेको बुझ्न सकिन्छ । 
किन ठगहरु माछापुच्छ्रे बैंक नै प्रयोग गर्छन् ?
यसो त पछिल्लो समय प्रहरीले पक्राउ गरेकाहरुलाई केरकार गर्दा अधिकांसले माछापुच्छ्रे बैंक नै प्रयोग गरेको पाइएको छ । यस विषयमा विभिन्नखाले तर्क प्रहरीको छ । माछापुच्छ्रे बैंक नै प्रयोग गर्नु संयोग पनि हुन सक्ने वा माछापुच्छ्रे बैंक कमजोर छ भन्ने थाहा पाएपछि ठगहरुले माछापुच्छ्रेमाछापुछ्रे बैंक प्रयोग गरेको हुनसक्ने प्रहरीको भनाइ छ । केहि समय अगाडी थापाथलीस्थित नेपाल राष्ट्र बैंकको कार्यालय नजिकै मुख्य सडक छेउमै रहेको माछापुच्छ्रे बैंकको एटीएम काउन्टरमा तोडफोड भएको थियो । एटिएमबाट पैसा लुट्ने उदेश्यका साथ बैंकको एटिएम मेशिन फुटाइएको अनुमान त्यतिबेला प्रहरीले गरेको थियो । यसले पनि माछापुच्छ्रे बैंक असुरक्षित रहेको बुझ्न गाह्रो छैन ।
नक्कली कागजात त नचिन्ने बैंकले ठगीधन्दा कसरी चिनोस् ?
यसो त माछापुच्छ्रे बैंकको आन्तरिक सुरक्षा नीति पनि कमजोर भएको यसअघि नै पुष्टि भइसकेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो हकभोग नभएको जग्गालाई नक्कली कागजात बनाएर आफ्नो हो भनी माछापुच्छ्रे बैंक पुतलीसडक शाखाबाट रु एक करोड ४२ लाख कर्जा लिएका कामपा–३०, धोबिधाराका अशोकहर्ष बज्राचार्यलाई पक्राउ गरेसँगै बैंकको कमजोरी छताछुल्ल भएको थियो ।

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: