×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफा १७ करोड ११ लाख ८७ हजार रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १७ करोड ११ लाख ८७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलना ०.२२% मात्र धेरै हो । गत वर्ष कम्पनीले १७ करोड ८ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क २१.३७% ले वृद्धि गरेको छ । गत वर्ष  २ अर्ब ४५ करोड ८५ लाख १ हजार रुपैयाँ खुद बिमा शुल्क रहेको कम्पनीले अहिले २ अर्ब ९८ करोड ४० लाख ५९ हजार रुपैयाँ पुर्याएको छ । कम्पनीले कुल १ अर्ब २६ करोड २१ लाख ३१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने दाबी रकम कुल २४ करोड ८२ लाख ५ हजार रुपैयाँ भुक्तानी हुन बाँकी  रहेको छ ।
जीवन बिमा कोष २३.११% ले वृद्धि गरी २३ अर्ब ७१ करोड ४८ लाख ८० हजार रुपैयाँको भएको छ । गत वर्ष कम्पनीको बिमा कोष १९ अर्ब २६ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको थियो । 
कम्पनीले चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९५ करोड ५१ लाख ९७ हजार रुपैयाँ जम्मा रहेको छ । यो जगेडा कोषमा गत वर्षको तुलनामा १४३.३६% ले धेरै हो । यता, कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९२ पैसामा रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २० रुपैयाँ ६३ पैसा थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: