×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Plane Crash Update : पर्यटनमन्त्री दुर्घटनामा परेको खबरपछि प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो । यसैबीच गृह सचिव प्रेम कुमार राईले ताप्लेजुङको दारेढुंगामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर आएको जानकारी दिए । 
हेलिकप्टरमा नीजि सचिवालयको उपसचिव, टानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवार रहेको बताइएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: