×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उद्योगी, र अर्थमन्त्रीलाई सँगै राखेर प्रधानमन्त्रीले के भने ? हेर्नुहोस् ओलीको १७ मिनेट लामो निर्देशन (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधीहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले बैकहरुलाई ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन् । 
उत्पादनमुलक व्यवसाय, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुले समग्रमा देशलाई नै टेवा दिने भएकोले ब्याजदरमा लचिलो भएर लगानीको बातावरण बनाउन प्रधानमन्त्री ओलीले बैंकहरुलाई आग्रह गरे । महासंघको टोलीले बैंक तथा वित्तीय संस्थाले दिने ऋणको चर्को ब्याजदर कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले हस्तक्षेप गरेर भए पनि समस्या सम्बोधन गर्न आग्रह गरेका थिए ।
उद्योगी ब्याबसायीको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले व्यावसायीहरुको गुनासोका बारेमा बैंकहरुसँग कुरा गर्न र त्यसको नियमन गर्न अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनरलाई निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने खुला प्रतिष्पर्धाको वातावरण बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् भने सरकार उद्योगी व्यावसायीका समस्या समाधान गर्न सदा सकारात्मक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । हेरौं यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: