×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्यटनमन्त्री स्व: अधिकारीकी आमा लक्ष्मी र बुबा इन्द्र काठमाडौँ, आमा पटक-पटक अर्ध-बेहोस !

काठमाडौँ- हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । दुर्घटनाको खबर पाएलगत्तै आमा लक्ष्मी र बुबा इन्द्रलाई काठमाडौं ल्याइएको हो ।  उनकी आमा पटक पटक अर्ध बेहोस भएकोसमेत बताइएको छ  । 
उनको घरमा स्थानीय र कार्यकर्ताहरुको ठूलो भीड लागेको छ । अपरान्ह १२ बजेतिर हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयको भनाइ छ । पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवारटानको डाइरेक्टर, यती एयरलाइन्सको प्रवन्ध निर्देशक आङछिरिङ शेर्पासहित ६ जना सवारसबैको निधन भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले मृत्युको पुष्टी गरिसकेको छ।

तस्वीर : फेसबुक 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: