×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जाँदै हो शालीनदी मेला ? ठगीमा परिएला नि फेला… होस् गरौँ है नत्र फसिएला ! (हेरौं कहाँ-कहाँ ठगिन्छन् भक्तजन)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- यतिबेला साँखुको शालीनदीमा स्वस्थानीब्रतको रौनक छ । शालीनदी परिसरमा ठुलै मेला लागेको छ । भक्तजनहरुको ठूलो घुइचो छ । दिनमा लाखौँको व्यापार पनि भइरहेको छ, शालीनदी परिसरमा । तर यहिबीचमा शालीनदीमा ग्राहकहरु थुप्रै ठाउँमा ठगिएका छन् । र हामी ठगीका केहि नमूनाहरु प्रस्तुत गर्दैछौं ।
झुटको खेती गरेर ठगी !
एक पटक माथिको तस्विर हेर्नुहोस् । एक जना व्यापारी औंठी बेचीरहेका छन् । संगै माइकिङ भइरहेको छ, ‘हरेक खालका दुख, कष्ट निवारण गर्न यो औंठी लाउनुहोला ।’ यतिसम्मकि माइकिङमा घर बिग्रिएको, काम बिग्रिएको लगायतका सबै दु:खहरु यो औंठी लगाएपछि ठिक हुन्छ भनिएको छ । यो सुनेपछि हामीले पनि ती साहुसंग कुरा गर्यौं । बुझ्दा औंठीको मूल्य रहेछ जम्मा २० रुपैयाँ । ग्राहकको भीड पनि त्यस्तै थियो । के उक्त औंठी लगाउंदैमा दु:ख निवारण हुन्छ त ? अहँ त्यो सम्भव छैन । यो सरासर ठगी हो भन्ने कुरामा कुनै पनि शंका छैन । 
पार्कीङमा अचाक्ली ‘लुट’ पार्कीङमै रहेको सौचालयको प्रयोगको पनि छुट्टै शुल्क !
यसो त शालीनदीमा पार्कीङमै पनि अचाक्ली लुट देखिएको छ । आधा घण्टामात्र गाडी पार्क गरेको १०० रुपैयाँ असुल गरिएको छ । अझ खास कुरा त के छ भने आफुले ठेक्का लिएको ठाउँमा पार्कीङ गर्न नमान्नेलाइ अगाडी जाने नदिनेसम्मको हर्कत परिसरमा गरिएको छ । पार्कीङ मै रहेको शौचालयको प्रयोग गर्दा छुट्टै रकम लिइएको छ । त्यसमा पनि कानुनले बर्जित गरेको बालबालिकाको प्रयोग भएको छ । आधा घण्टाको १०० रुपैयाँ त्यो पनि उनीहरुले भनेको ठाउँमा नै पार्कीङ गर्नुपर्ने दादागिरी शैली ठगीको अर्को उदाहरण हो ।
ओहो ! मेनु त कुरै नगरौं !
शालीनदी मेलामा खानको मेनु अत्याधिक महँगो छ । परिसरमा बेच्न राखिएका सेल, तरकारी, मालपुवा, समोसामा अधिक शुल्क राखिएको छ । अझ अचम्मलाग्दो कुरा त के छ भने कतिपय पसलमा देखिने गरी मेनुसमेत राखिएको छैन । पसलबाहिर भक्तजनहरुलाई जवर्जस्ती खाने कुरा खाना लैजान मानिसहरुनै प्रयोग गरिएको देखिन्छ । मेनु अत्याधिक महँगो छ तर खाने कुराको गुणस्तरीयताबारे कुनै ग्यारेन्टी छैन । बरु शालीनदी परिसरबाट केहि वर आएको खण्डमा सस्तो र गुणस्तरीय खाना खान पाइने रहेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: