×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शालीनदी मेलामा के-के सस्तो पाइन्छ ? हेरौँ भिडियो रिपोर्ट

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
स्वस्थानी ब्रत अवधिभर साँखुको सालीनदीमा मेला लागिरहेको छ ।  मेलाका लागि आउने भक्तजनहरुको संख्या दिनानुदिन बढिरहेका बेला मेलामा लागेको सस्तो बजारको रौनक पनि उस्तै छ । सस्तो बजारमा ४५० रुपैयाँमा महिलाहरुले लगाउने आकर्षक जुत्ता, ७५० रुपैयाँमा पुरुषका लागि आकर्षक जुत्ता मात्र होइन २५० रुपैयाँमै डबल बेडमा लाग्ने तन्ना पनि विक्री भइरहेको छ । 
शालीनदी परिसरमा कस्मेटिकका सामान पनि निकै सस्तो मूल्यमा राखिएको छ । मेलामा खाध्यान्हदेखि गेडागुडीसम्म, तरकारीदेखि अन्य खुद्रा समाग्री पनि निकै सस्तो मूल्यमा बेच्न राखिएको छ । यद्यपी शालीनदी परिसरमा खुलेका क्याफे, र खाजाघरहरु भने यतिबेला अचाक्ली महंगा भएका छन् । खाजा र खाना महँगो भएका कारण विशेषगरी युवा युवतीहरु पाउँ, खुवा, कुराउनी र बदामतर्फ आकर्षित भएका छन् । मेला अवधिभर शालीनदीमा ३ करोडभन्दा बढीको व्यापार हुने अनुमान गरिएको छ ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: