×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आस्थाको मामलामा ‘नो कम्प्रमाइज’ : १५ तस्विरमा हेर्नुहोस् शालीनदी मेलाको रौनक (फोटो-कथा)

  • सरला राउत / अर्थ सरोकार डटकम 
काठमाडौँ- कठोर ब्रत मानिने एक महिने स्थानी ब्रत अर्थात माधवनारायण मेलाको रौनक साँखुको शालीनदीमा बढेको छ । स्वस्थानी ब्रतको अवधि उत्तरार्धतिर आइपुग्दा यो रौनक झन् बढेको हो । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत बसेका र स्वस्थानीमा आस्था राख्ने भक्तजनहरुको शालीनदीमा राम्रै भीड देखिन्छ । अझ विदाको दिन त शालीनदी परिसरमा भक्तजनहरुको भीड झन् थामिनसक्नु हुन्छ ।
स्वस्थानी ब्रत बसेकाहरुले विहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा गर्ने र बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ महात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने-सुनाउने परम्परा छ । यस वर्षको माधवनारायण मेलाका लागि साँखुस्थित शालीनदीमा श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समिति नै गठन गरी मेलालाई व्यवस्थापन गर्न खोजिएको छ । समितिका अध्यक्ष राजुभाई मानन्धरले पुस २८ गतेदेखि माघ २८ सम्म २० लाख दर्शनार्थीले सहज रूपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताएका छन् । 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: