×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषिप्रधान देशका किसानहरुको पीडा : विक्री हुन छाडेपछि चितवनमा तरकारीबारी नै यसरी जोतियो ! (भिडियो)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
चितवन – देशमा लगातार समृद्धिको नारा लागिरहेको छ । काठमाडौँमा महंगी बढेको बढ्यै छ । तर तरकारी उत्पादन गर्ने कृषकहरुको भने कृषि प्रधान देशमै बिचल्ली छ । हुँदा हुँदा अव त बिक्री नै हुन छाडेपछि चितवनमा किसानहरुले खेतमै तरकारी नष्ट गरेका छन् ।
पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् । उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि बिशेषगरी बन्दाको मूल्य नपाएको र बिक्री समेत नभएको किसानहरुले गुनासो गरेका छन् । सोमबार मात्रै खैरहनी १ बहेरामा करिब ११ कठ्ठामा लगाइएको बन्दा किसानहरुले बारीमा नै नष्ट गरेका छन् । 
एक महिनासम्म तरकारीले भाउ पाउला, बिक्री होला भनेर कुरेर बस्दाबस्दै तरकारी बिक्री नभएको बरु बारीमै कुहिने अवस्था आउन लागेकोले जोत्न परेको स्थानिय किसान नवराज भूषालले बताए । अघिल्लो बर्ष त्यहीं जग्गामा लगाएको तरकारीबाट करिब ९० हजार आम्दानी भएको तर यस बर्ष एक रुपैयाँ पनि आम्दानी नभएको भूषालले बताए ।
चितवनमा करिब ४६ हजार हेक्टरमा खेतीयोग्य जग्गा रहेको जसमध्ये करिब ६ हजार हेक्टरमा तरकारी खेतीहुँदै आएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: