×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शौचालयमा लडेर बेहोस भएपछि ऊर्जामन्त्री वर्षमान पुन अस्पातालमा भर्ना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।आज अपरान्ह ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरको ट्वाईलेटमा रिंगटा लागेर लडेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनका नीजि सचिव दुर्गाप्रसाद चापागाँईले जानकारी दिए । नर्भिक अस्पतालका चिकित्सक डा.यादव भट्टसहितको टोलिले मन्त्री पुनको उपचार गरिरहेको छ ।

डा. भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य छ । उनको अहिलेको स्थिति सामान्य छ । यद्यपी आज भने उनलाई अस्पतालमै राखिने बताइएको छ । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका छन् । अन्य केहि मन्त्रीहरु पनि अस्पताल पुग्ने क्रम जारी रहेको बताइएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: