×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्तद्धारा बाराको कोल्हवीमा सीपमूलक तालिम सम्पन्न

काठमाडौं – आशा लघुवित्त वित्तीय संस्थाले सीपमूलक तालिम सम्पन्न गरेको छ । संस्थाले शाखा कार्यालय कोल्हवी, बारामा आबद्ध ६२ जना महिला सदस्यहरुलाई निःशुल्क चुरा तथा श्रृङ्गार सामग्री बनाउने तालिम दिएको हो ।
तालिम तीन दिन सम्म सञ्चालन भएको थियो । कार्यक्रममा शाखा प्रमुख सञ्जीत चौधरीले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएका थिए ।
उक्त तालिमबाट सहभागीहरुले कम लागतमा चुरा तथा श्रृङ्गार सामग्री बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ सय विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताए ।
हालसम्म संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४२ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब १ अर्ब ५७ करोड रुपियाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३८ करोड रुपियाँ भन्दा बढी निक्षेप संकलन गरेको बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: