×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सले दियो बीमा अभिकर्तालाई आधारभूत तालिम

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडका बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न भएको छ । गुल्मी शाखाको आयोजनामा तम्घासमा चैत्र १० र ११ गते सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताकोको सहभागिता रहेको थियो ।
तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, सिद्धान्त, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतिदेखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नु पर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
इन्स्योरेन्सका प्रवन्धक दीपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: