×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नायक अनमोल केसीलाई थाहा रहेछ नेपाल राष्ट्र बैंकको स्थापना मिति, राजेशसँग शौचालयको किस्सासमेत सुनाए…

काठमाडौँ- एपी वान टेलिभिजनको कार्यक्रम ‘को बन्छ करोडपति’मा नायक अनमोल केसी र उनका बाबु भुवन केसीले नेपाल राष्ट्र बैंकसँग सम्बन्धित प्रश्नको उत्तर दिएर ३ लाख २० हजार रुपैयाँ जितेका छन् । फिफ्टी फिफ्टी लाइफ लाइन लिएर उनीहरुले उक्त प्रश्नको उत्तर दिएका थिए ।

यसबारे भुवनले खासै जानकारी भएकोजस्तो देखाएनन् । तर प्रश्नका अप्सनमध्ये  दोश्रो र तेश्रो अप्सनमा कन्फ्युज भएको अनमोलले बताएका थिए । त्यसपछि अनमोलले फिफ्टी फिफ्टी प्रयोग गरे । उनी कन्फ्युज भएको दोश्रो अप्सन हटेपछि उनले तेश्रो अप्सनलाई लक् गरेका थिए । त्यसपछि उनले नेपाल राष्ट्र बैंकको स्थापना बि स. २०१३ भएको उत्तर दिएपछि उनले ३ लाख २० हजार रुपैयाँ जित्न सफल भएका थिए ।

त्यसपछि कार्यक्रमको सकियो ।

यद्यपी यो कार्यक्रम भने भुवन र अनमोल अभिनित सिनेमा ‘क्याप्टेन’ को प्रमोसनका लागि आएका थिए ।

उक्त कार्यक्रममा अनमोलले राजेश हमालसँग पहिलो पटक शौचालयमा भेटेको किस्सासमेत सुनाएका थिए ।         

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: