×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बसुन्धरा बम बिष्फोटभित्रका ४ रहस्य : आइजीकै घर अगाडी बम पड्किने शहरमा जनता कसरी सुरक्षित होलान् ?

  • अर्थ सरोकार @  ग्राउण्ड जिरो / मनोज आत्मीय 
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेका छन् । विस्फोटपछि कारमा आगलागी भएको थियो । घटनामा परी ३ जना घाइते भएका छन् । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घटाएको भन्ने अनुमान गरिएपनि कसले र किन यो घटना घटायो भन्ने एकिन भएको छैन ।
घटनाभित्रका ५ रहस्य :
१. नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आइजी सर्वेन्द्र खनालको घर नजिककै रहेको गुरुङको घरमा बम बिस्फोट भएको छ । यसले काठमाडौँमा सुरक्षा थ्रेट कुन हदसम्म छ भन्ने देखाएको छ ।
२. महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख फडिन्द्र प्रसाई विदामा छन् । सिनियर इन्स्पेक्टर २३ लाख घुस काण्डमा मेट्रो तानिएपछि सो वृतको कमान जुनियर प्रहरी निरीक्षकले सम्हाल्दै आएका थिए । यहि बेला यस्तो घटना घटेको छ । कतै न कतै सुरक्षा संवेदनशीलतालाइ ध्यान नदिएको देखिन्छ ।
३. २० वटा सीसी क्यामरा रहेको उक्त एरियामा १४ वटाले काम नगरेको पाइएको छ । काठमाडौँमा सुरक्षा थ्रेट बढेको भन्ने विश्लेषण भइरहेका बेला यस्तो लापरवाही किन गरियो ? प्रश्न गम्भीर छ ।
४. दिउँसै चोरी बढेको घटनालाई लिएर काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्त कुमार लामाले कार्यकक्षमै बोलाएर केहि दिन अगाडी फडिन्द्र प्रसाईलाइ हप्काएका थिए । उनले कतै न कतै सुरक्षा सतर्कता नअपनाएको देखिन्छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: