×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अस्ताए बुढाबुढीलाई भत्ता दिन सुरु गर्ने नेता, ४ पटक अर्थमन्त्री बनेका स्व: भरतमोहन अधिकारी रहेनन् !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको शनिबार राती ९ बजेर ३५ मिनेटमा निधन भएको हो । उनी उपप्रधानमन्त्रीसहित चारपटक अर्थमन्त्री भएका नेता थिए । एक पटक उन्बले भौतिक पूर्वाधारमन्त्री भएरसमेत काम गरेका थिए । लामो समय सक्रिय राजनीति गरेका उनले २०७१ सालको तत्कालीन एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेरहद कायम गरेपछि उनी सक्रिय राजनीतिबाट अवकाश लिएका थिए ।
भरतमोहनका योगदान :
स्वर्गीय अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं अभियानका लागि २०५१ मा बजेट छुट्याएका थिए । यस्तै अधिकारीले सामाजिक सुरक्षा भत्ताका रुपमा ७५ वर्ष उमेर पुगेका वृद्ध-वृद्धाका लागि मासिक एकसय रुपैयाँ भत्ता दिनसमेत सुरु गरेका थिए । अधिकारीले त्यतिबेला ४२ अर्ब ६९ करोड रुपैयाँको बजेट ल्याएका थिए । कसैसँग नरिसाउने, नझर्कने, मधुर मिजासका अधिकारी उमेर र राजनीतिक सक्रियताका कारण एमालेभित्र ‘बरिष्ठ नेता’ कै पंतिमा रहिरहे । तत्कालीन एमालेभित्र उनी सधैँ सबैका प्रिय रहे । सरकारमा अवसर पाउँदा एमालेबाट उनी नै अघि सारिन्थे । उनले सम्हालेका मन्त्रालयहरुमध्ये उनले अर्थ मन्त्रालय निकै राम्रोसँग सम्हालेको चर्चा अहिले पनि राजनीतिक वृतमा हुने गरेको छ । 
कोशेढुंगा मानिएको त्यो बजेटका निर्माता 
अधिकारी अर्थमन्त्री बन्नुअघि आर्थिक वर्ष २०५१/०५२ को वार्षिक बजेट अर्थ राज्यमन्त्री महेश आचार्यले बजेट ल्याइसकेको भएपनि नयाँ सरकार बनेपछि अर्थमन्त्री अधिकारीले नयाँ बजेट प्रस्तुत गरेका थिए । ११ पुस ०५१ मा आर्थिक वर्ष ०५१/५२ को बाँकी ६ महिनाका लागि बजेट ल्याएका थिए। अधिकारीले त्यतिबेला ४२ अर्ब ६९ करोड रुपैयाँको बजेट ल्याएका थिए । आर्थिक वर्ष २०५१/०५२ मा राजस्वबाट सरकारले २३ अर्ब ८५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको थियो। यसैग। वैदेशिक सहायता ४ अर्ब र वैदेशिक ऋण ११ अर्ब रुपैयाँ ल्याउने सोच सरकारको थियो। 
उनको नेपालमा औद्योगिकरणको समस्या, मेरो जीवन यात्रा भाग–२, संसददेखि संविधानसभासम्म पुस्तक प्रकाशित छन् भने जनताको बहुदलिय जनवादको अर्थशास्त्र प्रकाशोन्मुख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: