बुटवल पावर कम्पनीले १८% नगद लाभांश सेयरधनीहरुको खातामा पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौं - बुटवल पावर कम्पनीले १८% नगद लाभांश सेयरधनीहरुको खातामै पठाउन सुरु गरेको छ । कम्पनीले पुस ५ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई १८% नगद लाभांश जम्मा गरिएको जनाएको छ । यस्तै, १०% बोनस सेयर भने सूचीकरण भएपश्चात लगानीकर्ताको खातामा पठाइने भएको छ ।

अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपछि मात्र लाभांश पाउनेछन् । बुटवल पावर कम्पनीको गत पुस २७ गते साधारण ले सभाले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १८% नगद गरी कुल २८% लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सोही १८% नगद लाभांश अहिले वितरण सुरु गरेको हो ।

प्रकाशित मिति : Thursday, March 07, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal