×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा सिए फर्मले गरेको त्यो ‘इन्भेष्टिगेसन’… जसले खोल्यो, ‘२३ करोड रुपैयाँ बढीको घोटाला’को रहस्य !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

एउटा सिए फर्मले गरेको त्यो ‘इन्भेष्टिगेसन’… जसले खोल्यो, ‘२३ करोड रुपैयाँ बढीको घोटाला’को रहस्य !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय विभिन्न मेडिकल कलेज र इन्जिनियरिङ कलेजभित्र भएका विभिन्न खाले आर्थिक अनियमितताहरु चर्चामा छन् । त्यस्तै पछिल्लो समय चर्चित काण्डहरुमध्येको एक हो नेपाल इन्जिनियरिङ कलेजको अनियमितता काण्ड । यो काण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै गर्दा कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार छन् । उनले ८ करोड ५८ लाख रुपैयाँ लेखाको रेकर्डमा रहने गरी रकम निकालेका थिए भने उनले लेखा प्रणालीको सूचनाबिनै ४ करोड ७४ लाख रुपैयाँ झिकेको ‘जी पौड्याल एन्ड एसोसिएट्स’ले तयार गरेको अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उनले लिएको गैरकानुनी भुक्तानीको कुल अंक १३ करोड ३२ लाख रुपैयाँ थियो ।
उनले नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको अनुसन्धानबाट प्रारम्भिक रुपमा खुलेको छ । उनले उक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । उक्त घूस प्रकरणको भिडियो टेप बाहिरिएको थियो । उनीविरुद्ध कलेजको असन्तुष्ट पक्षले अस्ट्रेलियाको नेपालस्थित दूतावासमा उजुरीसमेत दिइसकेको छ  किनकि उनले अस्ट्रेलियाको पीआर लिएका छन् । नेपाल इन्जिनियरिङ कलेजको अनियमितता मिलाउन विभिन्न निकायमा मिलेमतो गरेको आरोप खेपिरहेका न्यौपानेले सामाजिक संस्थालाई निजी बनाउने प्रयास गरेको काण्डमा मुछिएका हुन् । 
‘जी पौड्याल एन्ड एसोसिएट्स’ नामक चार्टर्ड एकाउन्टेन्सी फर्मले गरेको अनुसन्धानबाट यस्तो काण्ड बाहिर आएको थियो । उक्त अनुसन्धानबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको रहस्यको खुलासा भएको थियो । कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई उक्त इन्भेष्टिगेसनले गैरकानुनी ठहर्‍याएको थियो । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५ सय १५ रुपैयाँ खर्च देखाइएको थियो । कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सबैभन्दा बढी गैरकानुनी रूपमा रकम झिकेकोसमेत उक्त इन्भेष्टिगेसनले खुलाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: