×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा, कुल शाखा ११० पुग्यो !

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरेको छ ।
उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: