×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकको नयाँ शाखा अछामको चौरपाटीमा, कुल शाखा संख्या १११ पुग्यो

 अछाम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयको सम–उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो ।
शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: