×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा हुने विश्वास दुवै कम्पनीले लिएका छन् । सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: