×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

धितोपत्र बोर्डमा सेयर लगानीकर्ता दबाब समूहले लगायो ताला, एक कर्मचारी भित्रै थुनिए, बाँकी चौरमा घाम ताप्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धितोपत्र बोर्डमा सेयर लगानीकर्ता दबाब समूहले ताला लगाएको छ। समूहले आइतबार बिहान जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो । दबाब समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको समूहले विहानै बोर्डमा ताला लगाएपछि एक जना बोर्डका कर्मचारी भित्रै थुनिएका छन् । बाँकी कर्मचारी भने भित्र छिर्न नपाएपछि बाहिर घाम तापेर बसेका छन्। कार्यालय भित्र राजु बहादुर जिसी, ललित पोडे र सन्जीब पोडे थुनिएका हुन । बोर्डमा तालावन्दी भएको करीब दुइ घण्टासम्म बोर्डका अध्यक्ष रेवत वहादुर कार्की कार्यालय पुगेका छैनन् ।

रेवत कार्की कार्यालय नपुगेपछि बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलसंग लगानीकर्ताहरूले गुनासो गरिरहेका छन् । समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । यहि समूहले पछिल्लो समय सेयर बजारका समस्याहरु तत्काल सम्बोधन हुनुपर्ने मागसहित अनसनको कार्यक्रम पनि आयोजना गरेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: