×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गणपति माईक्रोफाइनान्सले कर्मचारीहरुलाई प्रदान गर्यो एक दिने अभिमुखीकरण तालिम

काठमाडौँ – गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले प्रदेश नं. ३ र ४ मा अवस्थित नौ वटा शाखा कार्यालयका सहायक कर्मचारीहरुको एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा यहि चैत्र ०३ गते आइतबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए । तालिममा सहायक कर्मचारीहरुलाई वित्तीय संस्थाको नीति नियम तथा कार्यविधिहरुको को जानकारी, लेखा व्यवस्थापन को साथै नेतृत्व विकास, सफलताको रहस्य तथा उत्प्रेरण लगायतका विषयहरुमा तालिम दिईएको थियो ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ फागुन मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १३,९४६ घर परिवारमा वित्तीय सेवा पु¥याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ७४ करोड ७६ लाख ७१ हजार रहेको छ । साथै वित्तीय संस्थाले फागुन मसान्त सम्म रु १९ करोड ५८ लाख बचत संकलन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: