शाखा विस्तारमा आक्रामक बन्दै गण्डकी विकास बैंक, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ - गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाडौँको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीेले उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरे ।

उक्त कार्यक्रमहरुमा स्थानीय वडाध्यक्ष, पत्रकार, समाजसेवी, शुभेच्छुक, शुभचिन्तक सर्वसाधारण र अन्य प्रतिष्ठित व्यक्ति ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : Sunday, March 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal